नेपाल प्रेस युनयिन महोत्तरीको सातौँ जिल्ला अधिवेशनले सन्तोषकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

मङ्गलबार बर्दिबासमा सम्पन्न युनियनको अधिवेशनले वैद्यनाथ चौधरी, रीता सापकोटा, नवीन चौधरी, दिनेश्वर महतो र यशोदा बस्नेतलाई क्रमशः उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन गरिएको छ । यसैगरी धर्वेन्द्र यादव, शौरभराज सिंह, नवीनकुमार नवल, ललन मण्डल, रञ्जित कापर, लक्ष्मीकुमार साह र मञ्जितकुमार राम सदस्यमा चयन भएका छन् ।

अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय प्रतिनिधि अजित तिवारीले शपथ गराउनुभयो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्री, मधेस प्रदेश समिति सदस्य अजयकुमार साहलगायतको अधिवेशनमा सहभागिता रहेको थियो ।रासस