के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौँको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाइँको उपचार गरिने छ ।
मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ । मोटोपन, खानापान र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको छ । मानिसमा उच्च रक्तचाप, मोटोपना, मधुमेह, हृदयघात कोलस्ट्रोल रोगसँगै घुर्ने रोगको समस्या पनि बढिरहेको छ ।
चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन् । घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ । बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन् ।
राति बिरामीलाई राखेर निद्राको परीक्षण गरिन्छ । “राति बिरामीको शरीरमा लिडहरु जोड्छौँ । राति सुतेको बेला त्यो व्यक्तिको गहिरो निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौँ”, उहाँले भन्नुभयो, “कति टक घु¥यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछाँै । त्यो चेकजाँचमा उसको घुराइ नरम कडा के हो भनेर हामीले छुट्टाएर औषधि उपचार गर्दछौँ ।रासस
