प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधँै हैरानी व्यहोर्नु परेको छ । ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्व वडा सदस्य हुनुहुन्छ । आफ्नो कार्यकालमा जति सहजीकरण गर्न खोजे पनि पानी लिन नसकेकोमा उहाँ दुःखी हुनुहुन्छ ।
“आधा उमेरसम्म खानेपानीको हाहाकारमा जिउनु परेको छ, सबेरै उठेर पँधेरो पुग्ने र घण्टाँै लाइन लागेर पानीको जोहो गर्नुपर्ने दैनिकि छ ।”–उहाँले भन्नुभयो । प्यूठानका पहाडी भेगका केही स्थानीय बस्ती गर्मीयाम सुरु भएदेखि पिउने पानीको समस्या देखिन्छ । ऐरावती गाउँपालिकाको बिजुलीका अधिकाशं बस्ती वर्षाँैदेखि काकाकुल बन्नु परेको छ । घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ ।
बिहानै पँधोरो पुग्ने, घण्टाँै पालो कुर्ने र खोल्साको पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन् । ऐरावती गाउँपालिका–६ भित्रका बरमपोखरा, सेतीथुम, च्युरापानी, मणाईलगायत आधादर्जन बढी गाउँमा खानेपानीका लागि यस्तै समस्या छ । यहाँका डेढसय बढी परिवारले वर्षाैदेखि खोल्सीको पानीले धौधौ प्यास मेटेका छन् ।रासस