अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा पपुवा न्यु गिनीको भ्रमण गर्दा दक्षिण प्रशान्त महासागरका १८ नेतालाई भेट्ने कार्यक्रम तय भएको छ ।
पपुवा न्यू गिनीका विदेश मन्त्री जस्टिन टकचेन्का अनुसार राष्ट्रपति बाइडेनले देशको राजधानीमा प्यासिफिक आइल्याण्ड फोरम ब्लकका सदस्यलाई भेट्ने योजना बनाएको बताउनुभएको छ ।
अमेरिकाले यस क्षेत्रमा कूटनीतिक गतिविधिको आक्रामकता बढाउने प्रयास गरिरहेको टिप्पणी भइरहेको छ ।रासस