१४ वैशाख, जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् ।
स्थानीयवासी मीनबहादुर शाही गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी ल्याइए पनि पर्याप्त नभएको बताउनुहुन्छ । “अझै खोलाकै पानीको भरमा छौँ”, उहाँले भन्नुभयो– “बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि यही प्रयोग गर्दैछौँ ।” बाइराँका गाउँमा पानी पु¥याउने विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्ने गरेको उहाँको भनाइ छ ।
पछिल्लो समय धौलीगाड खानेपानी आयोजना बन्ने विषय चर्चामा छ । यसबाट स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ । पानीले काकाकूल बाँइराका स्थानीय अहिले तिलाको पानीको सहारामा बाँचिरहेका छन् । स्थानीय छुमकली सार्कीले भन्नुभयो, “यहाँ पानी पु¥याउन सांसददेखि वडाध्यक्षले आश्वासन धेरै दिए, पानी दिएनन ।”
खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै एक सय २० परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । धौलीगाड खानेपानी आयोजना समयमै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकामा सौर्य ऊर्जाबाट लिफ्टमार्फत पानी गाउँमा पु¥याइएको हो । धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँको भनाइ छ । सो आयोजनाको लागत रु एक अर्ब २६ करोड रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका तीन वडा र तातोपानीका ६ वडाका आठ हजार छ सय ९५ परिवार आयोजनाबाट लाभान्वित हुने बताइएको छ । स्राेत रासस