सामान्य रुपमा कुनै व्यक्तिले सवरी चालक अनुमति पत्रको लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर मा निवेदन दरखास्त सहित ५०० दस्तुर तिरे पछि सबै कागजात चेक हुन्छ, त्यसको भोलि पल्ट लिखित परिक्षा दिनु पर्छ , लिखित परिक्षा पास गरेको भोलि पल्ट प्रयोगात्मक परीक्षा (Trial Test) को दिन आउछ र trail spot ठाउँ अनुसार फरक फरक हुन्छ, यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको trail spot, Suzuki Driving School Pvt. Ltd. एकान्तकुना ललितपुरमा छ, त्यहा पुगे पछि यातायात व्यवस्था कार्यालय द्वारा बनाइएको ब्यानर (Banner ) मा ललितपुर सवारी चालक अनुमति पत्रको परिक्षा (Trail Test ) लिदा लाग्ने दस्तूरको विवरण भनेर राखेको छ जसमा ट्रायल स्थल प्रयोग गरे बापत लाग्ने दस्तुर र सवारी साधन प्रयोग गरे बापत लाग्ने दस्तुर भनि दुइ शीर्षकको जम्मा मोटर साइकल/ स्कुटर को रू २८२.८२, कार/जिप/डेलिभरी भ्यान को रू ५२७.०८, टेम्पु को रू ५७१.००, ट्रयाक्टर को रू ६८९.१३, र मिनि बस तथा हेभी सवारी को रू ७३२।०५ , मा थप १३% भ्याट अनिवार्य रूपमा जोडेर बिल Suzuki Driving School Pvt. Ltd. एकान्तकुना ललितपुरको नामले बनाई हरेक व्यक्ति संग थप रकम उठाउने गरिन्छ र प्रयोगात्मक परिक्षा (Trial Test) हुनु भन्दा अगाडी नै त्यो बिल व्यक्तिलाई न दिई आफै राखने त्यस पछि (Trial Test) दिएर पास भएको व्यक्तिले सवारी चालक अनुमति पत्र पाउने व्यवस्था राखेको छ।
सवारी चालक अनुमति पत्र सम्बन्धि परिक्षा (लिखित तथा प्रयोगात्मक ) शुल्क बापत रु ५०० लिने कुरा स्पष्ट रूपले कानूनमा उल्लेख गरेको छ। जस अनुसार रु ५०० मै हामीले (लिखित तथा प्रयोगात्मक) परीक्षा दिन मिल्ने गरि व्यवस्था गरेको छ । अर्थात हामी ले प्रयोगात्मक परिक्षा (Trial Test) को लागि थप रकम,पैसा तिर्नु पर्दैन त्यो जनता माथि भार, बोझ मात्र थप्न खोजिएको देखिन्छ । निजि सम्पति प्रयोग गरे बापत केहि रकम तिर्नु पर्ने देखिन्छ तर त्यो रकम नागरिकले दस्तुर बापत तिरेको छन् त्यहि भएर त्यस्तो निजि संस्थाहरुलाई सरकारले आफै करार गरेर तिर्नु पर्ने देखिन्छ यसमा व्यक्ति संग पैसा तिर्न लगाउनु कानून संगत देखिदैन।
प्रदेश आर्थिक ऐन २०७९ मा स्पष्ट रूपमा ५०० दस्तुर मै सवारी साधन चालक अनुमति पत्र को (लिखित तथा प्रयोगात्मक ) परीक्षा हुनु पर्ने कानून भए पनि गैरकानूनी रूपले निजि संस्थाको नाममा Trail test बापत थप रकम लिनु कानून संगत छैन त्यस्तो निजि संस्थाको निजि सम्पति प्रयोग गरे बापत तिर्नु पर्ने भए सरकारले उठाएको दस्तुर बाटै तिर्न र कुनै पनि ब्यक्ति संग थप पैसा नलिई दस्तुरको रकम मै (लिखित तथा प्रयोगात्मक (trail test)) परीक्षा दिने व्यवस्था मिलाउन विपक्षीहरुको नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारि गरि पाऊ भन्दै अनिल कुमार साह ले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्।