टर्किएले रक्षा उद्योगमा आफ्नो विदेशी निर्भरता विगत दुई दशकमा झन्डै ८० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ ।
“सन् २०२२ मा केवल ६२ मात्रै रहेको प्रतिरक्षा परियोजनाहरूको सङ्ख्या अहिले आएर सात सय ५० पार गरिसकेको छ,” एर्दोगानले उत्तरपश्चिमी साकरीमा परीक्षणका लागि टर्की सशस्त्र बललाई नयाँ अल्टाय ट्याङ्कहरू वितरण समारोहमा सो कुरा बताउनुभएको हो ।
“टर्किएले ‘स्वतन्त्र रक्षा उद्योग’को लक्ष्य राखेको छ” राष्ट्रपतिले भन्नुभयो ।
“सन् २००२ मा रक्षा परियोजनाका लागि देशको बजेट ५.५ अर्ब अमेरिकी डलर थियो, अहिले ७५ अर्ब अमेरिकी डलर पुगेको छ । जसमा बोलपत्र प्रक्रियामा रहेकाहरू पनि छन्,” राष्ट्रपतिले भन्नुभयो ।
बीएमसी डिफेन्सले परीक्षणका लागि मुख्य युद्ध ट्याङ्क अल्टे डेलिभर जुन सन् २०२४ मा पूरा हुने अपेक्षा गरिएको छ ।रासस