भेनेजुएलाको विपक्षी गठबन्धनले राष्ट्रपति निकोलस मदुरोको सरकारसँगको गतिरोधपूर्ण वार्ताबारे छलफल गर्न अर्को हप्ता कोलम्बियामा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई शनिबार अनुमोदन गरेको छ ।
संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूको समर्थन रहेको भेनेजुएलाको विपक्षले मदुरोको सन् २०१८ को पुनः निर्वाचनलाई मान्यता दिएको छैन ।
गत महिना भेनेजुएलाका एक अधिकारीले सन् २०२४ मा हुने स्वतन्त्र राष्ट्रपतीय निर्वाचन प्रतिबन्ध फुकुवामा निर्भर रहेको बताएका थिए ।
एकात्मक मञ्च गठबन्धनका प्रतिनिधिहरूले शनिबार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेट गरी भेनेजुएलाको सरकार र विपक्षीबीच मध्यस्थको रूपमा काम गरिरहेका छन् ।
सन् २०२१ मा मेक्सिको सिटीमा सुरु भएको तर नोभेम्बरमा गतिरोधमा पुगेको वार्तालाई निस्तेज पार्ने प्रयासमा अमेरिकासहित करिब २० देशका अधिकारीहरूले मङ्गलबार बोगोटामा बैठक गर्ने अपेक्षा गरिएको छ ।
कोलम्बियाको सोपोमा शनिबार भएको बैठकपछि विपक्षी नेता जेरार्डो ब्लाइडले ‘पेट्रोको पहल’को प्रशंसा गरेका छन् ।
“हामी विश्वास गर्दछौं कि यो बैठक धेरै महत्वपूर्ण छ, हामी यसलाई समर्थन गर्दछौं । हामी २५ (अप्रिल) मा हुने अर्को शिखर सम्मेलनको सफलताको अपेक्षा र आशा गर्दछौं ।
मेक्सिकोको राजधानीमा भएको वार्ता ‘निस्सन्देह, हाम्रा जनतालाई राजनीतिक, आर्थिक र सामाजिक संकटबाट बाहिर निस्कने आधारभूत उपलब्धि हुनेछ,” उहाँले भन्नुभयो ।
कोलम्बियाका राष्ट्रपतिले बिहीबार आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई काराकासमाथिको आर्थिक प्रतिबन्ध क्रमशः फुकुवा गर्न आग्रह गर्दै आगामी वर्ष हुने राष्ट्रपतिको चुनाव विपक्षीको ग्यारेन्टीका साथ हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कोलम्बियाका विदेशमन्त्री अल्भारो लेभाले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “ग्यारेन्टीसहितको चुनावी कार्यतालिका तयार पार्नु र समानान्तर रूपमा प्रतिबन्धहरू हटाउनु नै यसको आदर्श हुनेछ ।
सन् २०१९ मा ५० भन्दा बढी देशले भेनेजुएलाको वास्तविक नेताको रूपमा मान्यता दिएका जुआन गुआइदोले पेट्रोको देशविरुद्धको प्रतिबन्ध फुकुवा गर्न गरेको आह्वानलाई अस्वीकार गरेका छन् ।
भेनेजुएलाको विपक्षीहरूले जनवरीमा आफ्नो साङ्केतिक ‘अन्तरिम सरकार’ भङ्ग गर्न मतदान गरी र गुआइदोलाई विपक्षी सांसदहरू मिलेर बनेको समानान्तर कंग्रेसको प्रमुखको रूपमा प्रतिस्थापित गरेका छन् ।
विभाजित विपक्षीले आगामी अक्टोबर २२ मा हुने प्राइमरी निर्वाचनका लागि मिति तय गरेको छ, जसले आगामी वर्ष हुने चुनावमा मदुरोको सामना गर्नका लागि उम्मेदवार चयन गर्नेछ । रासस
