नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै सकिएको छ ।
कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ यही वैशाख ३ गते प्रस्थान गरेको २३ सदस्यीय टोलीले प्रवद्र्धन सक्दै शुक्रबार फर्किएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।
‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बिटुबी भेट २०२३’ नामक कार्यक्रमका क्रममा पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारसँग छलफल एवं अन्तक्र्रिया गरिएको उहाँले बताउनुभयो ।
“प्रवद्र्धनका क्रममा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रवद्र्धनात्मक सामग्री वितरण ग¥यौँ”, उहाँले भन्नुभयो, “उक्त क्रममा भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको जनाउँदै भ्रमणका लागि अनुरोध गरेका छौँ ।”रासस
