वकिलहरूको संगठन: राष्ट्रीय स्वतन्त्र कानुन व्यबसायी एशोसियसन (NLA) द्वारा काठमाडौमा एक विशेष कार्यक्रम आयोजना गरेर नयाँ बर्ष २०८० सालको शुभकामना अदानप्रदान गरेका छन । उक्त कार्यक्रममा NLA संगठनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता आकृति रायमाझी, अधिवक्ता भुवन थापा, अधिवक्ता अनन्त देव पराजुली, अधिवक्ता यज्ञ प्रसाद अधिकारी (वाईपी) लगाएत धेरै अधिवक्ताहरूको समर्थन र उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै NLA संगठनका अध्यक्ष तथा अधिवक्ता आकृति रायमाझीले भन्नू भयो २०८० सालले सम्पुर्ण नेपालीहरूलाई सुख, शान्ती, समृद्धि, र हौसला प्रदान गरोस् । आजको दिन सम्म लामो समय देखि सर्वोच्च अदालतमा रिक्त रहेको प्रधान न्यायाधीश पदमा प्रधान न्यायाधीश तुरुन्तै शरकारले नियुक्त गरोस् भन्दै सर्वोच्च अदालतमा रिक्त प्रधान न्यायाधीश तुरुन्तै नियुक्त गर्न सरकार सग आग्रह समेत गर्नुभएको छ ।” कार्यक्रममा उपस्थित सवै अधिवक्ताहरूको एउटै आवाज, एउटै स्वर थियो सर्वोच्च अदालतमा लामो समय देखि रिक्त प्रधान न्यायाधीश तुरुन्तै सरकारले नियुक्त गर्नु पर्छ”।