हजारौँ इजरायली जनता, थुप्रै राजनीतिज्ञहरू र सात क्याबिनेट मन्त्रीहरूले सोमबार कब्जा गरिएको वेस्ट बैंकमा मार्च पास गरेका छन् ।
सन् २०२१ मा अघिल्लो सरकारले खाली गरेको उत्तरी वेस्ट बैंकमा प्रहरी र सेनाको कडा सुरक्षामा मार्चपास भएको हो । सामाजिक सञ्जालमा प्रसारित भएको भिडियो फुटेजमा इजरायली सैनिकहरू प्यालेस्टिनी प्रदर्शनकारीहरूसँग झडप भएको देखाइएको छ, जसले मार्चको विरोध गरिरहेका थिए । सो क्रममा कम्तीमा ५६ प्यालेस्टाइनीहरू अश्रु ग्यासबाट घाइते भएका छन् ।
इजरायलका राष्ट्रिय सुरक्षामन्त्री, इटामार बेन–गभिर, जो चरम दक्षिणपन्थी यहूदी शक्ति पार्टीका नेता पनि हुन् उनले मार्चपासका क्रममा भनेका छन्, यसको उद्देश्य “इजरायल राष्ट्र बलियो छ भन्नु थियो र यो यहाँ भइरहेको छ ।”रासस