७९ चैत्र २३ काठमाडौ । नेपाल प्रेस काउन्सिलले एक प्रेस बिज्ञपति जारी गर्दै नेपालमा दर्तानै नगरी संचालन गरीरहेका १५ वेईबसाईटहरू कारवाही गरेको जनाएको छ । नेपाल प्रेस काउन्सिलले उक्त वेवसाईटहरू लाई बन्द गर्न नेपाल दुरसचार प्राधिकरण लाई पत्रचार गरेको छ ।
उक्त वेवसाईटहरूले न्युज एजेन्सी नेपालले उत्पादन गरि आफ्नो ग्राहकगरू लाई पठाएको समाचार चोरी नक्कल गरि पुन प्रकासन गरेका थिए । अनुमति नलिईकन अर्काको समाचार चोरी नक्कल गर्ने यस्तो कार्य पत्रकार आचारसंहिताको प्रतिकुल हुने देखिन्छ।