७९ चैत्र २४ काठमाडौ । ´नेपालमा वाताबरण प्रहरीको आवश्यक्ता छ भन्दै पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर: रणबहादुर चन्द आफ्नो फेसबुक वालमा यसरी लेख लेख्दछन । वहाँले लेखेको लेख जस्ताको त्यस्तै ! सडकमा हिंडदै जाँदा ट्राफिक प्रहरीले कुनै पनि प्रकारको गल्ती गर्न नदिने र गल्ती गर्नेलाई नियमानुसार जरिवाना गर्ने कार्य प्रशंसनीय नै छ । त्यो हामि सबैले मान्नै पर्छ पनि राम्राका लागि । हामिले अर्को पाटो हेर्नै पर्ने के छ भने सडकमा धुवाँ फाल्दै हिँडने सवारीहरु, जथाभावी फोहोर फाल्नेहरुलाई कसले नियमन गर्ने भन्दा यहाँ कोही पनि देखिँदैनन । यसका लागि नेपाल प्रहीले नै अगुवाई लिएर “वातावरण प्रहरी” बनाउनु जरूरी देखिन्छ । वातावरण सफा राख्नु पनि हामिले जीवनकालमा गर्ने दायित्व पनि हो । त्यसैले नेपाल प्रहरीले एउटा प्रस्ताव नेपाल सरकारलाई दिएर वातावरण सफा राख्ने कार्क्रम अगाडी सार्नु जरुरी छ ।

 

यो कार्य सबैका लागि उत्तम पनि छ, यसबाट वातावरण केही हद सम्म सफा पनि भएर जाला। हामिमा पनि जथाभावी वातावरण फोहोर गर्नु हुन्न भन्ने एउटा ग्यान पनि आउला । यसका लागि नेपाल सरकारमा भएका मन्त्रीहरु, नेपाल प्रहरी र स्थानीय पालिकाहरुमा यो ग्यान यदि छ भने “वाताबरण प्रहरी” नेपाल प्रहरी कै जनशक्तिलाई जिम्मेवारी दिएर लागु हुनु जरुरी देखिन्छ । सडकमा धुवाँ उडाउँदै जाने, जथाभावी फोहोर फाल्नेहरुमा नयाँ शिक्षा, नयाँ सोंचको बिकास हुन सक्ला । शुरुवात नेपाल प्रहरीका आईजीपी साहबले प्रस्ताव पेश गरेर वातावरण मन्त्रीले क्याविनेटमा राखेर तत्काल लागु गर्नु जरुरी छ । सवारीहरुको बाताबरण जाँच त हुने गरेको थियो, त्यो किन पालना भैरहेको छैन, तत्काल लागु हुनु पर्यो । नागरिक आवाज, जय मातृभूमि ।