Skip to content
Tue, Jul 01, 2025 / 04:16 PM / २०८२, असार १७, मंगलवार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

By हेमन्त खबर संवाददाता|2023-04-06T11:54:45+05:45April 6, 2023|Categories: News|

भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् । स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ । योजनाका सचिव केशव ढकालले भन्नुभयो, “बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।” आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ । थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताउनुभयो ।

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top