७९ चैत्र १५ काठमाडौ । झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुल बाट नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित २ जना मानिसलाई आज मंगलबार दिनको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागु पदार्थ सहित पक्राउ पर्नेहरूमा झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष अन्दाजी २४ वर्षीय प्रजन्त राई र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिकावडा नम्बर ६ घर भई झापा जिल्ला विर्तामोड नगरपालिका वडा नम्बर १ बस्ने बर्ष अन्दाजी २१ वर्षीय शोहन भडेल रहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
जिल्ला ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीको अप्रेसन टोलीले भारत बाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागु पदार्थसहित फेला पारी पक्राउ गरेको हो प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ । (श्रोत; नेपाल प्रहरी)