७९ चैत्र १२ काठमाडौ । भूमिहीन सुकुम्बासीले भूमी सुरक्षा र सुकुम्बासीलाई जग्गा उपलब्ध गराई पाँउ भन्दै बिगत लामो समय देशी काठमाडौ लगाएत नेपालका विभिन्न जिल्लामा सान्तीपुर्ण धर्ना, नारा, जूलूस, कोण सभा कार्यक्रम गर्दै आएको छन। भूमिहिनहरूले सान्तीपुर्ण रुपले भूमी प्राप्तीको माग सहित आन्दोलनको कार्यक्रम गर्दा प्रहरीले भूमिहिन सुकुम्बासीका अगुवा नेत्ता कार्यकर्तालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
भुमिहिन सुकुम्बासीको हकहितका पक्षमा आन्दोलनमा सहभागी नेत्ता कार्यकर्ता पक्राउ परेपछी आज भूमिहिन सुकुम्बासीले काठमाडौको माईतिघर देखि बिजुली बजार हुँदै पुन माईतिघर सम्म जूलूस निकाल्दै पक्राउ परेका सुकुम्बासी नेत्ता कार्यकर्ता रिहाई गर ! भुमिहिन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउ ! भुमिहिन सुकुम्बासीको हक अधिकार् ग्यारेन्टी गर भन्दै नारा जुलुस गर्दै रयाली र कोणसभा कार्यक्रम सप्पन्न गरेका छन।