नेपाल सशस्त्र प्रहरी बलको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली ललितपुरको १९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको जनाएको छ । उक्त वार्षिकोत्सव कार्यक्रममा सेवा अवधिमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीबलका कर्मचारीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक थापा द्वारा पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको जनाएको छ । उक्त कार्यक्रममा उहाँले राज्यद्वारा प्रदत्त विभिन्न कार्यादेशहरु अक्षरस पालना गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिको सुरक्षा, विपद् उद्धार लगायतका अति महत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी वहन गर्ने कार्यमा गणको अर्थपूर्ण उपस्थितिले संगठनको औचित्य र महत्वलाई स्थापित गर्न टेवा पुगेको बताउनुभएको थियो । साथै सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुहुँदै गणले प्राप्त जिम्मेवारीलाई उपलब्ध सिमित श्रोत साधनको अधिकतम उपयोग गरी सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न ससस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, सिनियर अधिकृतहरु, स्थानीय भद्रभलादमी, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो । (श्रोत: नेपाल ससस्त्र प्रहरी)