७९ चैत १० काठमाडौ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएपछी आईजिपी वसन्तबहादुर कुँवरले प्रहरी भित्र आन्तरिक शुद्धीकरण गर्ने कार्य आफ्नो प्राथमिकता भित्र रहेको बताएका छन् । पहिले लिएका जनहितकारी प्राथमिकतालाई आफूले निरन्तरता दिदै अगाडि बढने उनले बताए । मिडिया भेटघाट कार्यक्रम आईजिपी कुवरले प्रहरी संगठनभित्र हुने बिकृतीलाई शुद्धीकरण गर्दै अगाडि बढने बताए ।

पत्रकार सग भेटघाट गर्दै कुँवरले भने प्रहरीको मनोबल उच्च बनाउन र राम्रो छवि बनाउन आफुले कुनै कसुर बाकी नराख्ने बताए। सरकारले दिएको निर्देशन भित्र रहेर देशमा सुशासन र समृद्धिको लागि लाग्ने बताए । प्रहरीको काम कर्तव्य आचरण र व्यवहारलाई अझै शुद्धीकरण गरेर संगठनको छवि लाई उच्च राख्न मलाई आईजिपी जस्तो महत्त्वपूर्ण जिम्मेवारी शरकारले दिएको उनले बताए ।

आफूले सिस्टममा नियम कानुन बसाउने गरी काम गर्ने भनाई राख्दै आईजिपि कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने भन्नुभयो । ३० वर्षे सेवा अवधिमा कुनै हेरफेर नभए आईजिपी कुवरले साढे एक वर्ष प्रहरीको आईजिपी पदको नेतृत्व लिनेछन् ।

नवनियुक्त आईजिपी बसन्त बहादुर कुवर नेपाल प्रहरी भित्र स्वच्छ छवि भएका ईमानदार प्रहरीमा चिनिन्छन । अहिले सम्म उनी कुनै बिबादास्पद कार्यमा मुछिएका छैनन् । प्रहरी भित्र कुवरलाई असल, नरम, ईमानदार, मिलनसार, आदेशपालक, निष्ठावान र प्रहरी, जवानको हकहितका सवालमा अत्यन्तै लचक भनेर बताईन्छ ।