२०७९ चैत्र १० काठमाडौ

नेपाल धितोपत्र बोर्डले २०७९ चैत ८ गते गुरुप्रसाद न्यौपानेविरूद्ध मुद्दा दायर गरेको छ ।

रिडी हाइड्रोपावर कम्पनीमा न्यौपाने अध्यक्ष रहेको बेला २०७६ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको धेरै सेयर मिलेमतोमा किनबेच गरेका थिए।

नेपाल धितोपत्र दर्ता तथा सेयर निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको प्रमुख सञ्चालक, कार्यकारी, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न कुनै व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यबस्था छ।

यी पदमा रहने व्यक्तिहरूको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने पनि व्यवस्था रहेको छ।

गुरु प्रसाद न्यौपानेको गतिविधि:–

गुरु न्यौपानेले जनता बैंकको अध्यक्ष पद सम्हालेको बेला आफ्नै घरपरिवारको नाममा जनता बैंकको सेयर कारोबार गरेको आरोप छ। यसै गरि गुरु प्रसाद न्यौपानेले सिद्धकाली हाइड्रोपावरको नामबाट त्रीसुली गल्छीमा ८८ मेगावाटको हाइड्रोपावर बनाउछु भनेर करिबकरिब ३५सय आमसर्वसाधारण सग अर्वौ रकम लिएर कुनै काम नगरी कोहिकसै सग सल्लाह नगरी आफुखुसी निर्णय परिबर्तन गर्दै करिब ६ बर्ष सम्म रकम विभिन्न बैंकमा राखेर हाइड्रो बनाउछु भनेर उठाएको पैसा बैंकमा ब्याजमा राखेर ब्याज खाएर गुरु प्रसाद न्यौपाने र निजको छोरा सन्जिव न्यौपाने सहित गुरु प्रसाद न्यौपानेले आफ्नो छोराछोरी परिवारको नाममा काठमाडौ उपत्यका लगाएत देशका विभिन्न जिल्लामा करोडौंको घर, जग्गा, जमिन, गाडी, खरिद गरिरहेको आरोप लाग्दै आएको छ ।