७९ चैत्र ९ काठमाडौ । मुल्य वृद्धि, महँगी भ्रष्टाचार नियन्त्रण गर ! जनतालाई दु:ख दिन पाईदैन भन्दै शान्तीपुर्ण रुपले सहभागीता जनाएको अबस्थामा प्रधानमन्त्री प्रचण्डको आदेसमा प्रहरीले स्वतन्त्र युवा अभियान्ता लाई हस्तक्षेप गरेर पक्राउ गरेपछि कार्यक्रममा उपस्थित भएका आक्रोशित स्वतन्त्र युवाहरूले प्रचण्ड विरुद्ध नाराबाजी गरेका थिए ।

संविधानले दिएको अधिकार प्रयोग गरेर प्रचण्ड विरुद्ध नाराबाजी गर्दा प्रहरीले स्वतन्त्र युवा अभियान्ताहरू लाई पक्राउ गरेर बारम्बार म्याद थप्ने, हिरासतमा लिएर दु:ख, यातना पीडा दिएको भन्दै स्वतन्त्र नागरिक अभियान्ता हेमराज थापाले विशेष कार्यक्रम आयोजना गर्दै प्रहरीले हिरासतमा लिएका युवाहरू लाई तुरुन्तै रिहाई नगरे प्रचण्ड लाई जनताले कारबाही गर्ने चेतावनी दिएका छन । जनताले प्रचण्डलाई कब्जा गरेर मुख थुन्ने सम्म चेतावनी दिदै आफुले त्यस्को नेतृत्व गर्ने बताएका छन।