११३औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको  कम्युनिस्ट पार्टीको महिला संगठन द्वारा नारी दिवसको उपलक्ष्यमा आज नेपालका विभिन्न जिल्लामा देश ब्यापी विविध कार्यक्रम आयोजना गरेको छ । बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले बर्तमान संसदिय व्यवस्था प्रती फरक मत राखेर बैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्छ भन्दै लामो समय अगाडि देखि संघर्ष गर्दै आएको छ।

काठमाडौको माईतिघर देखि नयाँ बानेश्वर सम्म जुलुस निकाल्दै  लोकतान्त्रिक गणतान्त्रिक व्यबस्थालाई संसदिय ब्यबस्थाको रूपमा चित्रण गर्दै दलाल संसदिय व्यवस्था मुर्दावाद ! बैज्ञानिक समाजवाद जिन्दावाद ! बैज्ञानिक समाजवाद लागू गरौं ! समान काम समान ज्याला लागू गर भन्दै प्रदर्शन गरेको छ ।