पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक ट्विट जारी गर्दै हालै नेपालका बर्तमान बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको बिषयमा यसरी स्पष्टीकरण दिएका छन।

“सानो स्पष्टीकरण-बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन!मज्जाले पाइन्छ!म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु!तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा TRCले हेर्ने हो,नियमित अदालतले हैन!प्रम प्रचण्डको हकमा पनि त्यही हो!आवेग हैन विवेकले काम गरौं!”

प्रधानमन्त्री पुष्पकमल दाहालले दस बर्षे ससस्त्र युद्धमा १७हजार भन्दा धेरै नेपाली मरेको सम्बन्धमा  पाँच हजार मरेको चाहिँ आफुले जिम्मेवारी लिने एक कार्यक्रममा सार्वजनिक रूपमा बताएका थिए।