दशवर्षे महान जनयुद्ध र २०६२/ ०६३ सालको जनआन्दोलनको जगमा भएको वृहद शान्ति सम्झौता बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोग , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ( TRC & ciedp ) गठन भै संक्रमणकालीन न्यायिक कार्वाही गर्न क्रियाशील भएको सम्मानित सर्वोच्च अदालतलाई थाहै छ ।
पुर्वराजाको छटपटाहटबाट पनि के कुरा पुष्टि हुन्छ भने वृहद शान्ति सम्झौताको वरिपरि नेपालको राजनीति घुमिरहेकाे यथार्थ सत्य हो । यो कुनै मुद्दा मामिलाको कुरा होइन व्यवस्थासँग जोडिएको बिषय हो । नेपालको राजनीतिक व्यवस्थालाई ०४६ को वरिपरि लाने कि ? ०६२/०६३ पछाडि ?
नेपाली जनताको चाहना राजनीतिक स्थिरता , स्थायी शान्ति र अग्रगमन नै हो । राजनीतिक स्थिरता सम्बन्धमा धेरै किसिमका बहसहरु छन् , राजनीतिक अस्थिरताको समयमा बेथिति र समस्याका चाङ हुनु कुनै नौलो होइन र यिनै बिषयमा प्रहार गर्नु कुनै महानता होइन बरु समस्याको समाधान खोजी गर्नु पक्कै पनि महानता हो। सबै पक्षले बिषयको बहस अस्थिर बनाउने भन्दा पनि समाधान खोज्नेतिरबाट सोचौं ।