नेपाली काङ्ग्रेसका वरिष्ठ नेत्ता रामचन्द्र पौडेल माओवादी र काङ्ग्रेसको समर्थनमा आगामी हुने रास्ट्रपति निर्वाचनमा नेपालको रास्ट्रपति हुने करिबकरिब निश्चित भएको छ । प्रधानमन्त्री पदमा १७ पटक हार भोगेका पौडेलले मन्त्री हुँदा कुनै गम्भीर विवाद र बिबादास्पद निर्णय गरेनन् । अहिलेसम्म कुनै भ्रष्टाचारमा मुछिएका छैनन् । पौडेल स्वच्छ छवि भएका नेताका रुपमा परिचीत छन।
पौडेलले ६२/६३ सालको जनआन्दोलन पछि आदिवासी जनजाति, मुस्लिम , थारु मधेसी लगायत विभिन्न समुदायसँग उनीहरुको हक अधिकारको लागि सम्झौैताहरुमा हस्ताक्षर गरेका छन् ।

पौडेललले पञ्चायती शासन र राजतन्त्र विरुद्धको संघर्षमा वि.सं. २०१९ साल देखि २०४६ साल सम्म विभिन्न पटक गरी १३ वर्ष भन्दा धेरै जेल जीवन बिताएका छन । पौडेलले नेपालको विश्वविद्यालय बाट स्नातकोत्तर पास गरेका छन् भने संस्कृत साहित्यमा शास्त्री बिषय समेत पास गरेका छन् । गिरिजा प्रसाद कोईराला नेतृत्वको नेपाली काङ्ग्रेस पार्टी फुट्दा सेर बहादुर देउवा सगै लागेका पौडेलको श्रीमतीसहित पाँच सन्तान छन । पौडेलका नेपाली काङ्ग्रेस सम्बन्धि ३ वटा पुस्तक प्रकाशित छन् । प्रजातान्त्रिक समाजवाद एक अध्ययन बारे नेपाली कांग्रेसले के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद र नेपाली काङ्ग्रेस समाजवाद लगायतका पुस्तकहरू उनका प्रकासित पुस्तकहरू हुन् । हेमन्त खबर