नेपाल राष्ट्रको स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको निमित्त राष्ट्रिय सहमतिको आधारमा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्छ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान माथि मात्र होइन नेपाल राष्ट्रको स्थायित्व र राजनीतिक दलहरु माथि नै खतरा छ ।

नेपालको राजनीतिक इतिहासमा निरङ्कुश र तानाशाही व्यवस्थाको विरुद्ध व्यवस्था परिवर्तनको निमित्त सशस्त्र विद्रोह गर्ने राजनीतिक दल नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) मात्रै हो ।

नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) दुवै राजनीतिक दलले पूर्ण कार्यकाल राजनीतिक सत्ता सञ्चालन गर्न सकेकै छैन । किनकी यि दुवै राजनीतिक दलले सत्ता सञ्चालन गर्ने समयमा प्रतिगामी तत्वहरू व्यापक रुपमा सलवलाउने गरिरहेको छ ।

अव नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनुपर्छ र नेकपा माओवादी (केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्ष सत्ता सञ्चालन गर्न दिनुपर्छ ।