सम्पादकिय>(डा. रण बहादुर चन्द)

२०७९ फागुन १० काठमाडौ । नेपालमा के कतिले भ्रष्टाचार गरेका छन त भन्दा मोटामोटी तथ्यांक हेर्ने हो भने नेपालको कुल जनसंख्याको ०.१५ प्रतिशतले (सरकारी र निजी स्तरमा) कुनै न कुनै रुपमा भ्रष्टाचार गरेको अनुमान गर्न सकिन्छ । तिनै भ्रष्टाचारीहरु ठुला भ्रष्टहरुका नजिकमा हुन्छन, तिनै भित्र बिचौलिया पनि छन ।तिनीहरुनै झोलेहरु पनि हुन । देश बेच्ने, देश भित्र नाना थरीका हतकण्ठा ल्याउने, बिदेशीहरुका दलाल आदि सबै यही संख्या भित्र पर्छ । तिनै भित्र भ्रष्टाचार गर्न सिकाउने गुरुहरु पनि छन । ति गुरुहरु र बिचौलियाहरु नै भ्रष्ट ब्यक्तिहरुका नजिकका मानिसहरु पनि हुन ।

मानिसको जीवन एक पटक पाईन्छ होला, मरे पछि के हुन्छ थाहा छैन । यो जीवनमा मात्र आफ्ने हितमा हुने काम मात्र गर्ने, अरुलाई कहिल्यै पनि केही सेवा सुबिधा, सहयोगको भावना राख्दै नराख्ने, जहिले नि आफु मात्र शक्तिमा बस्ने, सके सम्म भ्याए सम्म मानवताको कुनै कामै नगर्ने हो भने त के हामि मानिस भएर मानिस छौं त? जीवन मात्र सन्तान जन्माउने, आफ्नो मात्र काम गर्ने कसैका लागि केही पनि नगर्ने खालको पशु भन्दा पनि तल्लो जसको कुनै स्तर नै छ भन्न मिल्दैन त्यसैमा जीवन चले जायेगा । बुढेसकालमा गरेको पछुतो र मर्न लागेको दिनमा त केही गर्न नसकिएला नि त

यहाँ कुरा गरौं सम्पत्ति शुध्दिकरण ऐन ल्याउदैछ नेपाल सरकारले, त्यासमा धेरै बुदाहरुमा परिमार्जन हुनु जरुरी छ । एउटा बुँदा के छ भने नेपालमा जो संग श्रोत नखुलेको धन छ, त्यसले कर तिरेर आफ्नो धन २ नम्बरी बाट १ नम्बरको बनाउने । अब यहाँ कुरा गरौ कि त्यस्तो धन को संग छ, जसले नेपालमा सर्ब साधरणलाई लुटेर घरमा लुकाएर राखेको छ, आफन्तहरुको नाममा राखेको छ, बिदेशी बैंकहरुमा राखेको छ ति ब्यक्तिहरु को हुन ? मैले यहाँ भनि रहनु पर्दैन । यस्तो धन सर्बसाधारण नेपाली संग त छैन । कालोधन सेतो पार्ने खालका कुनै पनि बुँदा त्यो ऐनमा राखिनु भएन । कानून सबै नेपालीका लागि आवश्यक भए ल्याउने हो न कि ति भ्रष्ट ब्यापारी, नेता वा अन्यका लागि । अब हेर्नुस यहाँ ति भ्रष्टहरुका गुरुले भने होलान अहिलेको मन्दीमा यस्तो ब्यवस्था ल्याए केही भए पनि करबाट पैसा आउँछ यो राम्रो हुन्छ भनेर । हे भ्रष्टाचारका शिक्षकहरु यस्तो गलत कुरा नगरी दिनुस, कालो धन चोरी गरेर ल्याएको धन जस्तै हो। त्यसैले चोर लाई चौतारी दिने कानून किन बनि राछ, अचम्भ लागेको छ।

मेरो नजरमा नेताहरुले त अहिले सम्म भ्रष्टाचार त गरेकै छैन होला, यो हामि अबुझहरुको भ्रम होला, त्यसैले अति स्वच्छ छबिमा रहेका हजुरहरुले हाम्रो यस्तो अनुरोध सुनि दिनु होला नि त । हाम्रो प्रस्ताव यस्तो छ ।

नेपाली राजनितिक पार्टि र नेताहरु साँच्चिकै नेपाली जनता र नेपाल प्रति जिम्मेवार छन, उहाँहरुको राष्ट्र निर्माणको नारा सही हो भने हामि नेपाली जनताको सर्ब सम्मत माग त्यो के भने “नेपालको संघीय संसदले नेपाली नागरिकहरुको कुनै पनि बिदेशी बैंकमा सम्पत्ति छ भने नेपाल सरकारको अनुरोधमा सो को बिवरण नेपाल सरकारलाई उपलब्ध गराइ दिनु प-यो भनेर सांसदहरुको दुई तिहाईले वा सर्व सम्मत पास गरि दिनु प-यो ताकि नेपालीहरुको भ्रम दूर होस” भ्रष्टाचारी भनिनेहरु पनि यदि होईनन भने धोइ पखाली चोखो हुने पहिलो काम पनि होस । के यसमा संसदमा छलफल बहस हुन सक्छ? पक्षधर सांसद ज्यूहरु ले नि कमेण्ट गर्नु प-यो ।

अर्को कुरा नेपालमा भ्रष्टाचार बढ्यो भनेर सबैले कराई राछन, जँवाफमा हामि केही भन्न सकेका छैनौं त्यसका लागि अहिले भएका ५०० र १००० का नोटहरुलाई नचल्ने बनाई नयाँ नोट प्रचलनमा ल्याउने निर्णय गर्नु प-यो । ताकि कसैले थुपारेर राखेको भए नि त्यो काम नलाग्ने हुन्छ, बिगतमा गरेको भ्रष्टाचार सकिन्छ । कसैको श्रोत खुलेको ति नोटहरु छन भने तिनले नयाँ नोट पाउँछन । यस निर्णयका लागि नोट छाप्न पैसा लाग्छ, नगर्ने, नभन्नुस, सरकार यदि सकिइ नै सकेको भए हामि नेपाली जनताहरुले श्रोत खुलेको रुपैया साँटदा छपाईको लागत तिर्छौं । यसका लागि सरकारलाई निर्णय गर्न के समस्या । सबै जनालाई Clean Chit, सहमत कि असहमत ? यसको पक्षमा ९९% नेपाली नागरिकहरु सहमत हुनेछन, सहमत त्यो हुँदैन जो भ्रष्टाचारी हुन्छ, जो नेपाल समाप्त गर्ने मिसनमा लागेको छ । नेपालको संसदमा रहेका २७५ जनालाई हामि नेपाली जनताको तर्फबाट यो प्रश्न हुनेछ । यदि केही गरिदैन भने नाटक त जे गरे नि भो नि ।

“नेपालीहरुको हरेक क्षेत्रको हैसियत ५ बर्षमा बिश्व सामू अग्र पङ्तिमा देखिनु पर्यो ।