गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।
राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा उहाँले राससले प्रदेशवासी जनताका आवाजलाई स्थापित गर्नुपर्ने र प्रदेश सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।
मन्त्री चुमानले भन्नुभयो, “प्रदेश सरकारका गतिविधिलाई आम जनतामा पु¥याउन राससको भूमिका महत्वपूर्ण हुन्छ । हामी यसका लागि रासससँग सहकार्य गर्न तयार छौँ । तपाईहरुले प्रस्ताव ल्याउनुहोला ।” मन्त्री चुमानले दोस्रो चरणमा प्रवेश गरेको प्रदेश सरकारको जोड सुशासन कायम गर्नमा रहेकाले सञ्चारमाध्यमलाई सघाउन आग्रह गर्नुभयो । “हामीलाई अहिले के महशुस भएको छ भने अघिल्लो चरणमा सुशासनमा हाम्रो जोड पुगेन । यसपटक सुशासनमा बढी जोड दिनुपर्दछ भनेर डिजिटल गण्डकी प्रदेशको अभियानमा छौँ ।” मन्त्री चुमानले रासस स्वायत्त संस्थाको रुपमा रहोस् भन्ने धेरैको अपेक्षा हुनु स्वभाविक भन्दै रासस समाचार बैंक भएकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले राष्ट्रिय अन्तर्राष्ट्रि«य महत्वका विषयमा सरकारको धारणा के हो भनेर बुझ्न राससको समाचार खोजी हुने बताउनुभयो । राससलाई सरकारले पूर्ण रुपमा नियन्त्रण गर्न नहुनेमा जोड दिँदै समाचार संकलनमा रासस स्वतन्त्र रहेको उल्लेख गर्नुभयो । उहाँले खोजमूलक समाचार राससले दिन सक्नुपर्ने बताउनुभयो । “खोजमूलक पत्रकारिताले जनताका भोगाई सरकारसम्म ल्याउन सहयोग पुग्दछ”, पूर्वअध्यक्ष बरालले भन्नुभयो । रासस