पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ«े, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै मानव निर्मित संरचना थपिएका छन् । योबाहेक पोखरा म्याराथनले पनि पोखरा चिनाइरहेको छ ।

खेल जीवनपश्चात् खेलप्रतिको मायाले भूपूखेलाडीहरुले सञ्चालन गरेको प्रतियोगिता हो पोखरा म्याराथन । भूतपूर्वखेलाडी मञ्च नेपाल २०५८ साउन ३० गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् रुपमा दर्ता भयो । त्यसपछि द्वन्द्वको डरमा पनि आँट गरेर प्रतियोगिता सुरुआत गरेको संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनुभयो ।

प्रथम संस्करणको म्याराथनमा ५६ जनाले भाग लिए । त्यो बेला त्रिभुवन आर्मी क्लबका खिमु गिरी प्रथम हुनुभएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । धावक गिरी ४२.१९५ किमीको दूरी २ घण्टा २६ मिनेट ४२ सेकेन्डमा पार गर्नुभएको थियो । त्यो बेला पुरस्कार राशि ५० हजार रुपैयाँ राखिएको थियो । प्रथम हुनुभएको खिमले उक्त रकम पाउनुभयो । खिमले पार गर्नुभएको त्यो दूरीले पोखरा म्याराथन दूरी अझै लम्ब्यायो ।

“पहिलो म्याराथनमै अनेकन चुनौती सामाना गर्नुप¥यो । एक त ४२ किलोमिटरको दौडसँगै बजार परिक्रमा गर्नु आफैँमा चुनौतीपूर्ण काम थियो,” उहाँले भन्नुभयो, “पोखराबाट सुरु भएको दौड लेखनाथ पुग्दा केही झमेलामा प¥यो । यत्रा मान्छे बजारमा उतारेर के गर्न खोजेको होला पनि भन्न भ्याए ।” स्थानीयवासीको नमिठो भनाइ, सुरक्षा, ट्राफिक चुनौतीलगायत समस्या चिर्दै पहिलो संस्करण सकिएको संस्थापक अध्यक्ष रानाभाटले बताउनुभयो । रासस