७९ फागुन १ काठमाडौ ।

आज फागुन १ गतेको दिन प्रचण्ड नेतृत्वको नेपाल सरकारले जनयुद्ध दिवस घोषणा गरेको छ । आजको दिन माओवादीले नेपालमा जनयुद्ध घोषणा गरेको दिन हो । माओवादीले जनयुद्ध सुरु गरेको दिन देखि १० बर्ष पछि ६२/६३ सालको सडक आन्दोलनमा रुपान्तरण हुँदै सान्ती प्रक्रियामा आएर माओवादी दस बर्षे जनयुद्ध सान्तीमा टुंगिन पुगेको थियो। माओवादीले सुरु गरेको ससस्त्र युद्धमा राज्य पक्ष र माओबादी दुवै पक्ष बाट नेपालले ठूलो धनजन र मानवीय हताहती,ठुलो क्षेती ब्यहोर्नु पर्यो । माओवादी र राज्य पक्ष बिच भएको भिडन्तमा नेपाली जनता १७हजार भन्दा धेरै मारिए । नेपालमा दस बर्षे आन्दोलनमा भएका घाईते अपांग धेरै छन । उनिहरूको जनजिवीका दु:खद र दर्दनाक छ। तर उनिहरूकै त्याग योगदान बाट नेत्ता बनेका माओवादीका नेत्ताहरूको नेपालको ठुला सहरमा आलिसान महल, गाडी धन सम्पत्ति छ्न । आज जनयुद्ध दिवसको उपलक्ष्यमा देश भरी विभिन्न कार्यक्रम गरेर शुभकामना आदनप्रदान गरिरहेको खवर छ।

नेपाल सरकारले जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएर जनयुद्ध दिवसको शुभकामना आदनप्रदान गरिरहेको अबस्थामा माओवादी र राज्य पक्षबाट तत्कालीन जनयुद्ध बाट पीडित भएका द्वन्द्व पिडित नागरिक समाजले प्रधानमन्त्रीको कार्यलय रहेको काठमाडौको सिंहदरबार छिर्ने दक्षिण गेट अगाडि काठमाडौ जिल्ला अदालत छेउमा उभिएर नेपाल र नेपालीको लागि फागुन १ गते कालो दिन हो ! फागुन १ को सार्वजनिक बिदा खारेज गर ! द्वन्द्व पीडित लाई न्याय गर ! नारा लेखिएको ब्यानर सहित जनयुद्ध दिवसको उपलक्ष्यमा दिएको सार्वजनिक बिदा खारेज गर्न माग गरेका छन।