Skip to content
Mon, Jun 30, 2025 / 03:46 AM / २०८२, असार १६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

कृषि र पर्यटनको विकासका लागि मेला आयोजना गरिने

By हेमन्त खबर संवाददाता|2023-02-12T19:42:04+05:45February 12, 2023|Categories: News|

कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना गरिने भएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिको आयोजनामा हुने मेला फागुन १ देखि ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओमप्रकाश गुरुङले जानकारी दिनुभयो । मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै उहाँले उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताउनुभयो । करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा विशेषतः सोंथर बेँसीलगायत त्यस आसपासमा उत्पादित कृषिजन्य वस्तु तथा पशुचौपायहरूको प्रदर्शनी एवं बिक्री गरिनेछ । मेलामा खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो/ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरूको ठेटार नाच एवं चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ । भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिनेछ भने मादी गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ ।रासस

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top