सर्लाहीको हरिवन नगरपालिका–११ मा विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गर्न थालिएका हुन् ।

एक पटकमा चार सवारी साधन चार्ज गर्न सकिने गरी दुई विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालवन्दीका प्रमुख सन्जीवकुमार साहले जानकारी दिनुभयो । चार्जीङ स्टेसन स्थापना गर्न रू एक करोड ५० लाख खर्च भएको छ । एउटा सवारी साधन चार्ज हुन करिब तीन घन्टा लाग्छ ।

“चार्जीङ स्टेसन स्थापनापछि विद्युतीय सवारी साधन पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनबाट जोगाउन सहज हुन्छ”, उहाँले भन्नुभयो ।रासस