Skip to content
Thu, Sep 18, 2025 / 07:13 PM / २०८२, आश्विन २, बिहीबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

दिनभरि जनताको काम, साँझ बिहान बारीमा

By हेमन्त खबर संवाददाता|2023-02-11T07:48:29+05:45February 11, 2023|Categories: News|

दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिनुहुन्छ । उहाँले भन्नुभयो, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।” वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्नुहुन्छ । “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।” करिब तीन कट्ठामा उहाँले गोलभेँडा खेती गर्नुभएको छ । अन्यमा खुर्सानी, प्याज, लसुन लगाउनुभएको छ । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । उहाँले मङ्सिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्नुहुन्छ । हाल किलोको रु ३० मात्रै पर्न जान्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उहाँको गुनासो छ । “हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन”, उहाँले भन्नुभयो, “त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।रासस

Share this:

  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top