७९ माघ २७ काठमाडौ ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित हुनुभएको हो ।