Skip to content
Mon, Jun 30, 2025 / 01:57 PM / २०८२, असार १६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

आयोजना निर्माणमा अन्तर समन्वय आवश्यक छ : राष्ट्रपति भण्डारी

By हेमन्त खबर संवाददाता|2023-02-10T17:36:54+05:45February 10, 2023|Categories: News|

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेकाले यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानुनमा सुधारको खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन भौतिक पूर्वाधारणका आयोजना अघि बढाउँदा वातावरणीय प्रभावको पाटोमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोजनालाई तीव्र गतिमा अघि बढाउन अन्तर निकायबीच समन्वय आवश्यक छ । पूर्वाधार निर्माणको गुणस्तर सुधारका लागि सबैको ध्यान जान जरुरी छ । आयोजना छनोट र स्रोत व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ ।” उहाँले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी रणनीतिक आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “सबै स्थानीय तहका वडामास्तरीय सडक पु¥याउन, उत्पादित सामग्री बजारसम्म पु¥याउने सडक बनाउन आवश्यक, सडक यात्रालाई भरपर्दाे र सुरक्षित तुल्याउने कार्य योजना हुनुपर्छ । जनधनको सुरक्षाका लागि प्रभावकारी कदम चाल्नुपर्छ ।” मुलुकको व्यापार सन्तुलनका लागि नीति कार्यक्रम परिलक्षित हुनुपर्नेमा जोड दिँदै उहाँले सुशासन कायम गराउन सार्वजनिक सेवा चुस्त दुरुस्त हुनुपर्छ भन्नुभयो । मुलुकमा शान्तिसुरक्षा कायम गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको सुधारका लागि जनशक्ति र स्रोतमा व्यापक सुधार आवश्यक रहेको बताउनुभयो ।रासस

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top