धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८९ अङ्कले उकालो लागेर चार सय दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय आठ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय एक कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने सात कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर रू एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू छ करोड ४४ लाख २४ हजार छ सय ८२ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक रू पाँच करोड ८५ लाख १६ हजार, नविल बैंक रू पाँच करोड ७४ लाख ७६ हजार तीन सय ८१, चिलिमे हाइड्रोपावर रू पाँच करोड सात लाख चार हजार नौ सय चार र हिमालयन डिस्टिलरी रू चार करोड २४ लाख ७४ हजार सात सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।रासस