बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्नुहुने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँहरूले किसानले उत्पादन गरेको मौसमी तरकारीले बजारबाट उचित मूल्य पाउन नसक्दा किसानले आर्थिक सङ्कट बेहोर्न परेको बताउनुभयो । छिमेकी देशबाट आयात भई आएको तरकारी बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदा कृषकले उत्पादन गरेको तरकारी स्थानीय उपभोक्ता समक्ष पु¥याउन नसकिएकाले प्रदेश सरकारले गम्भीररूपमा सङ्घीय सरकारमार्फत बाहिरबाट आउने तरकारीलाई बन्देज लगाउन माग गर्नुभयो । उहाँहरूले किसानले उत्पादन गरेको तरकारी बजारमा खपत नहुँदा कृषक ठूलो आर्थिक सङ्कटमा परेकाले प्रदेश सरकारले केही हदसम्म भए पनि क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गर्नुभयो । बैठकमा दोलखा जिल्लामा हालै भएको आगलागीका पीडित परिवारलाई उद्धार गरी राहतस्वरूप आर्थिक अनुदान उपलब्ध गराउन आग्रह गर्नुभयो ।रासस