कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उहाँहरुको भनाइ छ । नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पु¥याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ ।” पछिल्लो समय कर्णालीमा लागूऔषध दुव्र्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताउनुभयो । सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुर्व्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिनुभयो । गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु ।रासस