नेपाल प्रहरीले आज राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितका प्रतिनिधिसँग विभिन्न विषयमा छलफल गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज भएको छलफलमा आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशील बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पहुँच नहुने व्यक्तिविरुद्ध दैनिक जसो घटना घटिरहेको भए पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको उल्लेख गर्दै उहाँले न्याय सम्पादनमा प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशीलता नीति अपनाएर सोहीअनुरूप दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सबै सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीले गर्ने काम कानूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमितरूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीले गर्ने काम कानूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमितरूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउनसमेत प्रहरी क्रियाशील रहेको बताउनुभयो । दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रक्रियामा राज्यले अङ्गीकार गरेको समावेशी प्रावधानलाई अक्षरशः पालना गरिएको समेत उहाँले बताउनुभयो कार्यक्रममा नेपाल प्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरीअन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा विद्यमान कानूनी व्यवस्था, नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, हुनसक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूपका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।रासस