वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो । बजार अनुगमनका क्रममा उक्त दुई रेष्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरुप रु एक÷एक लाख नगद जरिवाना गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो । “तीनकुनेमा रहेको रोयल लाउञ्जले सात वर्षदेखि व्यवसाय दर्ता नगरेको पाइयो, कम्पनी रजिष्ट्रार कार्यालय र प्यान नम्बर रहेछ, तर व्यवसाय दर्ता नभएको भेटिएपछि कारबाहीस्वरुप नगद जरिवाना ग¥यौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार होटल तथा सेवा क्षेत्रअन्तर्गत पर्छन्, सोही अनुसार घरेलु कार्यालयमा दर्ता भएको हुनुपर्छ । यस्तै, सिनामङ्गलमा पाँच वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागको आज कारबाही गरेका होटल तथा रेष्टुराँले तोकिएको जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ ।रासस