अन्तरराष्ट्रिय बजारमा कम्बोडियाली साइकलको निर्यात सन् २०२२ मा व्यापक बढेको छ । गत वर्ष साइकल निर्यातबाट देशले ९६६ मिलियन अमेरिकी डलर कमाएको छ जुन अघिल्लो वर्षको ६५१ मिलियन डलरको तुलनामा ४८ प्रतिशतले बढी हो । वाणिज्य मन्त्रालयका उपसचिव तथा प्रवक्ता पेन सोभिचेटले दिएको जानकारीअनुसार साइकल युरोपियन युनियन, बेलाइत, संयुक्त राज्य अमेरिकालगायत ५० भन्दा बढी देशहरूमा निर्यात गरिएको छ । उनले सिन्ह्वालाई लत्ताकपडा, जुत्ता र यात्राका अन्य सामानहरूपछि निर्यातका लागि साइकल मुख्य उत्पादन उत्पादनहरूमध्ये एक बनेको बताएका छन् । प्रवक्ताका अनुसार कम्बोडिया साइकल निर्यातको हिसाबले दक्षिणपूर्वी एसियाली देशहरूमा कम्बोडिया प्रमुख मानिन्छ । कम्बोडियामा हाल पाँचवटा साइकल कारखानाहरू सञ्चालनमा छन् । ती सबै दक्षिणपूर्वी स्वे रिइङ प्रान्तको बाभेट सहरको विशेष आर्थिक क्षेत्रमा अवस्थित छन् । ––– १८– भारतका टीभी च्यानलहरूले कम्तीमा ३० मिनेटको सामाजिक सन्देशमूलक कार्यक्रम प्रसारण गर्नुपर्ने नयाँदिल्ली, १६ माघ (रासस÷सिन्ह्वा) ः भारतको सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निजी प्रसारणकर्ताहरूलाई हरेक दिन ३० मिनेट सार्वजनिक सेवा प्रसारण गर्न निर्देशन जारी गरेको छ । यस निर्देशनअनुसार प्रासरित सामग्री एक पटकमा ३० मिनेटको हुनु अनिवार्य नभए पनि तर पटक–पटक गरी दिनमा कम्तीमा ३० मिनेटको हुनुपर्ने र यसबारे अनलाइन रिपोर्ट सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ । प्रसारणको विषयवस्तुमा शिक्षा र साक्षरताको प्रचार–प्रसार, कृषि तथा ग्रामीण विकास, स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा प्रविधि, महिला कल्याणलगायतका राष्ट्रिय महत्त्वका विविध विषय र सामाजिक सान्दर्भिक विषयवस्तु समेटिएको हुनुपर्नेछ ।रासस