ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा प्रयोग भएका काठका पोलहरू पुराना भई मक्किएकाले दुर्घटना हुनसक्ने भएकाले नयाँ पोल राख्न प्राधिकरणको पालुङ शाखालाई निर्देशन दिनुभयो । राज्यमन्त्री सिंहले बज्रबाराही बजारका बासिन्दाको गुनासोलाई दृष्टिगत गर्दै पुराना मक्किएको काठको पोलहरू कुनै पनि बेला भाँचिएर अनपेक्षित दुर्घटना हुनसक्नेतर्फ सचेत गराउनुभएको थियो । यसैगरी आजै थाहा नगरपालिकाको चित्लाङको स्वछन्द भैरव माविको ६०औँ वार्षिकोत्सवको उदघाटन गर्नुहुदै उहाँले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूले दलगत राजनीतिको क्रियाकलाप बन्द गरी विशुद्ध शैक्षिक गतिविधिमा ध्यान लगाउनुपर्नेमा जोड दिनुभयो ।रासस