छ सन्तानकी आमा भीममाया विक आजभोलि विगत सम्झेर झस्किनु हुन्छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तान घरमै जन्माउनुभयो । साठी वर्षीया उहाँले २० वर्ष उमेर नपुग्दै विवाह गर्नुभयो । बच्चा जन्माउनुभयो । “त्यतिबेला त्यस्तै थियो । सानैमा बिहे हुन्थ्यो, बालबच्चा पनि चाँडो चाँडो पाउँथ्यौँ । गर्भावस्था र सुत्केरी छँदा केही भइहाले ज्यान जोगाउन मश्किल”, विकले भन्नुभयो–“फुकफाक गर्न धामीझाँक्रीकहाँ जाने चलन थियो ।” विकलाई विगतले बेला बेलामा झस्काउने गर्छ । तर उहाँका सन्तान जन्मिने बेला खासै समस्या भने आएन् । “कुनै सन्तान खेतबारी, कुनैलाई गोठमा जन्माउनुप¥यो”, उहाँले भन्नुभयो । सासूले उहाँलाई काम गर्दागर्दै पनि बच्चा जन्माउन सकिन्छ भनेर सम्झाउनुहुन्थ्यो । छ सन्तान जन्माउँदासम्म पनि उहाँले कहिल्यै गर्भ परीक्षण गर्नुभएन् । “नजिकमा स्वास्थ्य संस्था थिएनन् । गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन । बच्चा जन्माउनुअघि स्वास्थ्यमा समस्या आउँदा झारफुकमा विश्वास गरेर बस्नुपथ्र्यो”, विकले भन्नुभयो । अहिले उहाँले छोरीबुहारीलाई महिनाबारी रोकिएकै दिनदेखि गर्भ परीक्षण र स्वास्थ्यचौकीमा सुत्केरी हुन प्रोत्साहन गर्न थाल्नुभएको छ ।रासस