सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, तथा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ । टेम्केमैयुङ–५ खावा केराबारीका चण्डालकुमार राईले यो व्यावसायबाट राम्रो आम्दानी गरिरहेको बताउनुभयो । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएको छु”, कृषक राईले भन्नुभयो, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, मेरो बगानमा चार सय बोट सुन्तलाका छन् ।रासस