राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद थप्दासमेत राजमार्गले सार्थकता नपाएको हो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ठेक्का सम्झौता भएको म्याद सकिएपछि पाँच पटकसम्म म्याद थप्दासमेत कालोपत्र सम्पन्न नभएपछि यात्रुलाई सास्ती छ । उक्त सदरमुकाम खण्डको सडक कालोपत्र हुन नसक्दा अहिले निर्माण व्यवसायी र राजमार्ग आयोजना कार्यालयप्रति स्थानीयको चर्को आलोचनासमेत भएको छ । सडकको ट्र्याक खुलेको २५ पुग्दासमेत यो खण्डमा सडक कालोपत्र हुन नसकेको हो । नेपालकै सबैभन्दा लामो खण्ड बागलुङमा रहेको उक्त सडकको खहरेखोलादेखि बिहूँ सापकोटा चोकसम्मको सडक १७ किलोमिटर सडक पकट–पटक म्याद थप्दा पनि कालोपत्र हुन नसकेको छ ।रासस