आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । आज यहाँ सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन हुनुभएको छ । संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन हुनुभएको छ भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टङ्क कार्की निर्वाचित हुनुभएको छ । संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन हुनुभएको छ । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम हुनुहुन्छ । आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।रासस