राष्ट्रिय समाचार समित लेमङ्सिर ४ गतेको सङ्घीय एवं प्रदेशसभा निर्वाचनका क्रममा २४ सँै घण्टा सेवा प्रदान गरेर उत्कृष्ट काम गरेको भन्दै सेवाग्राहीले त्यस्तो सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । राससले आज आयोजना गरेको ‘सेवा गुणस्तर र प्रभावकारिता अभिवृद्धि’ विषयक अन्तक्र्रियामा सहभागी सेवाग्राही सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिले समाचार र तस्बिर एकैपटक राखे सहज हुने सुझाव दिनुभएको थियो । निर्वाचनपछि मत परिणाम नआएसम्म राससले २४ सैँ घण्टा समाचार सेवा प्रदान गरेको थियो । कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गुणस्तर वृद्धिमा संवेदनशील भएर नै कार्यक्रम गरिएको बताउनुहुँदै यस्तो छलफल छ/छ महिनामा आयोजना गरिने प्रतिबद्धता जनाउनुभयो । गुणस्तर वृद्धिका लागि राससले शैली पुस्तिका परिमार्जन गर्न लागेको र ‘राससको इतिहास’ नामक पुस्तकसमेत अद्यावधिक गर्न लागिएको उहाँले सुनाउनुभयो । “अन्तरक्रियामा प्राप्त सुझावलाई सम्पत्ति बनाएर कार्यान्वयनका लागि इमान्दार प्रयास गर्छौं, तस्बिर र समाचारसँगै लैजाने प्रयास गर्छौं, भुइँतह एवं जनजीविकाका समाचारलाई पनि प्राथमिकताका साथ राख्न थालिएको छ, राससले ‘मोबाइल जर्नालिज्म’ को अभ्यास पनि सुरु गरेको छ”, अध्यक्ष झाले भन्नुभयो ।रासस