नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताउनुभयो । “राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उहाँले भन्नुभयो, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।” आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उहाँले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । “देशमा सुशासनको आवश्यकता छ । अहिले कुशासन व्याप्त छ । हामीले शासनप्रणाली विकेन्द्रित ग¥यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ”, नेता पौडेलले भन्नुभयो, “एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ । त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ । सुशासनका लािग एकताका आवश्यकता छ ।रासस