कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आउनुभएका मन्त्री प्रधानले आज नवलपरासीमा पत्रकारसँग भन्नुभयो, “जनताको पहुँचमा न्याय पु¥याउन सधैँभरी अग्रसर हुन्छु ।” सो क्रममा उहाँले जनताको अभिमतको सम्मान गर्दै न्याय दिलाउन इमान्दारिताको साथ काम गर्ने बताउनुभयो । दलभन्दा माथि उठेर कानुन निर्माण गर्ने बताउँदै मन्त्री प्रधानले कानुन निर्माण गर्दा प्रतिपक्ष दललाई पनि समेट्ने विश्वास दिलाउनुभयो ।रासस