धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब ५३ अङ्कले उकालो लागेर चार सय १५ दशमलब ५४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उकालो लाग्दा चार उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबार भएकामध्ये एक सय नौ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ८९ कम्पनीको ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८३ लाख एक सय ८७ कित्ता शेयर रु तीन अर्ब ३२ लाख ३० हजार ३९ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३७ अर्ब ६० करोड ५२ लाख १७ हजार दुई सय ७२ बराबर छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ९१ लाख सात हजार तीन सय ९६ बराबरको कारोबार भयो । यस्तै, शिव श्री हाइड्रोपावर रु १० करोड ४१ लाख ३३ हजार आठ सय ४३, अपि पावर कम्पनी रु नौ करोड ३० लाख ५८ हजार चार सय १४, माथिल्लो तामाकोसी रु नौ करोड १६ लाख ३६ हजार एक सय २३ र एनआइसी एशिया बैंक रु सात करोड ५३ लाख नौ हजार दुई सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।रासस