जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम दिएर बिरुवा काँटछाँटबारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक दलवीर वडले जानकारी दिनुभयो । यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा बिरुवा काँटछाँटमा समस्या हुने गरेको छ । कृषि प्रविधिक वडले भन्नुभयो, “किसानको बगैँचामा पुगेर बिरुवा व्यवस्थापनको प्रविधिक ज्ञानसमेत सिकाएका छौँ । पालिको कृषि शाखा यहाँका किसानको समस्यलाई हल गर्ने यो कार्यक्रम लागू गरेको हो ।” छवटै वडाका एक सय ५४ जना किसानलाई सो तालिम दिएर पठाएको कृषि प्रविधिक वडले बताउनुभयो । पालिकाभित्रका स्याउ बिरुवा भएका किसानलाई काँटछाँट गर्दा बाहिरबाट ल्याउने समस्यालाई अन्त्य गर्नका लागि कृषि शाखा र गाउँपालिकाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिएर यहाँका किसानलाई आत्मनिर्भर बनाइने कृषि प्रविधिक वडको भनाइ छ ।रासस